काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्रीसमेत रहेको घटनाक्रमलाई लिएर राजधानी काठमाडौँमा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित पक्राउको चर्चा चलिरहेका बेला सुरक्षा निकायले विभिन्न स्थानमा निगरानी र तैनाथी तीव्र बनाएको हो।

राजधानीका मुख्य सडक तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको छ। विशेषगरी भक्तपुरस्थित ओली निवास आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। सो क्षेत्र वरपर सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीसमेत बढाइएको जनाइएको छ।

यसैबीच, एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीको सम्भावित पक्राउको विरोधमा पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनले कुनै पनि राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदमको कडा प्रतिवाद गरिने बताएका छन्।

सुरक्षा निकायले भने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइएको जनाएको छ। राजधानीको शान्ति–सुरक्षा अवस्था कायम राख्न आवश्यक सबै उपाय अपनाइएको सम्बन्धित निकायको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय