काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइएको हाे ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । आज बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो । उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय