काठमाडौं । कम्बोडियामा अवैध रूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका सात नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो। उनीहरू आइतबार त्यहाँबाट प्रस्थान गरी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका छन्।

दलालको प्रलोभनमा परेर कम्बोडिया पुगेका ती नेपालीलाई अवैध अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा गैरकानुनी काममा लगाइएको थियो। केही भने भिसाविनै लुकेर बस्न बाध्य भएका थिए। दूतावासले यस्तै समस्यामा परेका अन्य नेपालीको उद्धारका लागि पनि पहल जारी रहेको जनाएको छ।

कम्बोडियामा भिजिट भिसामा जाने नेपालीको संख्या पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना मात्र पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६७६ पुगेको दूतावासको तथ्यांकले देखाउँछ।

मानव तस्करीको जोखिम बढेपछि दूतावासले सचेतना अपिल जारी गर्दै वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय