उदयपुर । डिभिजन वन कार्यालय उदयपुरको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत वन तथा वन्यजन्तुसम्बन्धी मुद्दाको अनुसन्धान तथा मुद्दा दायरीसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
मिति २०८३ जेठ १ र २ गते कार्यालयको सभाहलमा सञ्चालन गरिएको तालिम धर्मराज जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिममा जिल्ला न्यायाधिवक्ता सुवास कुमार भट्टराई, डिभिजनल वन अधिकृत गजेन्द्र कुमार श्रेष्ठ, प्रहरी उपरीक्षक राजन चापागाई तथा वरिष्ठ अधिवक्ता सुकुराम श्रेष्ठ ले सहजीकरण गर्नुभएको थियो ।

तालिममा डिभिजन वन तथा सब-डिभिजन वन कार्यालयका अधिकृत, सहायक पाँचौं, सशस्त्र वनरक्षक तथा वनरक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वन संरक्षण, वन्यजन्तु अपराध नियन्त्रण तथा मुद्दा अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको जनाइएको छ ।
तालिमबाट सहभागी कर्मचारीहरूको क्षमता अभिवृद्धि भई वन संरक्षण तथा अनुसन्धान कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।
दुईदिने तालिम सफल र उत्साहजनक रूपमा सम्पन्न गराउन सहयोग पुर्याउने कार्यक्रम संयोजक सहायक वन अधिकृत पुण्य प्रसाद पौडेल लगायत सम्पूर्ण सहयोगीप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ ।

