काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

संसद दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरि समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।उहाले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको ज्ञानलाई सँगसँगै लिएर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

सभामुख अर्यालले फास्ट ट्रयाकमा देश बनाउने र जनताको जनजीविकाको विषयमा काम गनुपर्छ भन्ने युवाहरुको हुटुहुटीलाई सँगै लिएर जानको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति एकै हुनुपर्नेमा जोड दिनुभयो ।संविधानलाई अक्षरशः पालना गरेर कानुनी राज्यलाई अप्ठेरो नपर्ने गरि अघि बढ्नुपर्ने उहाको भनाइ छ ।
नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय