काठमाडौं । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा अमेरिकाले साथ दिँदै जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउन लागेको जनाएको हो।

विज्ञप्तिअनुसार उक्त सहयोगमार्फत करिब १० हजार बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ।

अमेरिकी सरकारले बाढीबाट प्रभावित समुदायको तत्कालीन खाद्य आवश्यकतालाई सम्बोधन गर्न उक्त सहायता उपलब्ध गराउन लागेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय