काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर सक्रिय सीता पोखरेलले ‘मिस एण्ड मिसेस युनिभर्सल २०२६, सिजन–५’ मा दुई महत्वपूर्ण उपाधि हात पारेकी छन्।
पोखरेलले प्रतियोगितामा ‘पब्लिक च्वाइस विनर’ र ‘मिसेस कन्फिडेन्स विनर’को उपाधि जितेकी हुन्। प्रतियोगिताको लाइभ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

महिलाको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पोखरेलको यो सफलता उनको व्यावसायिक योगदानसँगै आत्मविश्वास, सक्रियता र व्यक्तित्वको सम्मानका रूपमा हेरिएको छ। सञ्चार क्षेत्रमा आफ्नो निरन्तर यात्रासँगै सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगितामा समेत सफलता हासिल गरेकी पोखरेलको उपलब्धिले महिलाको बहुआयामिक प्रतिभालाई थप उजागर गरेको छ।

