काठमाडौं । भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा यशोधरा गाउँपालिका-५, बैदौलीस्थित अनिरूद्र पब्लिक माध्यामिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

उनीहरूले ७ लाख ८२ हजार ६५१ रुपैयाँ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तीमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

त्रिपाठीले आर्थिक वर्ष २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

उजुरी अनुसार अनुसन्धान गर्दा उनी र लेखापाल यादवले मिलेर विद्यालयको कोषबाट रकम निकालेर निर्माणमा खर्च नगरी हिनामिना गरेको देखिएको प्रवक्ता रिजालले बताएका छन्।

हिनामिना गरेको देखिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिना कैद र ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय