
एजेन्सी । कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले मंगलबार बाट थप कडाइ गरेको छ ।
बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो ।

बेलायतले आजबाट थप कडाइ गर्दै सार्वजनिक यातायात र पसलहरु, हेयरड्रेसर, बैंक तथा पोष्ट अफिसलगायतमा मास्क अनिवार्य गरेको छ ।
बेलायत भित्रिने सबै यात्रुहरुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने । पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई तत्कालै एक हजार पाउण्ड जरिवाना गरिनेछ ।