पुष्प राणा घले, उपाध्यक्ष, नेपाल समाजवादी कांग्रेस
पुष्प राणा घले भूतपूर्व गोर्खा सैनिकको पक्षमा बेलायतमा भएको भोक हड्तालमा सहभागी भएर बेलायती सरकारलाई भूतपूर्व गोर्खाहरुको पक्षमा झुकाउन सफल नेपाली महिला हुन् । राजनीतिमा उनी नेपाली कांग्रेस समाजवादीको उपाध्यक्ष छिन् । प्रस्ट विचार राख्ने पुष्प राणा घले नेपाली राजनीति सही व्यक्तिको हातमा नगएका कारण मुलुकले गति पकड्न नसकेको बताउँछिन् । आपूmहरुले २०७२ सालको संविधानलाई नचिन्ने भन्दै पुष्प राणा घलेले २०६२÷०६३ को परिवर्तन जनताको चाहना नभएको विचार राखिन् । नेपालको राजनीतिलाई सही ट्रयाकमा हिंडाउन नेपाली कांग्रेस समाजवादी लागिपरेको उनको भनाई छ । प्रस्तुत छ, बेलायतमा भूतपूर्व गोर्खाहरुको पक्षमा भएको भोक हड्ताल र समसामयिक राजनीतिका सन्दर्भमा नेपाली कांग्रेस समाजवादीकी उपाध्यक्ष पुष्प राणा घलेसँग गरिएको कुराकानी ।

ब्रिटिश भूतपूर्व सत्याग्रह समितिले बेलायतमा गरेको सत्याग्रह के का निम्ति थियो ?
पहिलो कुरा राष्ट्रिय स्वाभिमानको हुन्छ । २ सय ७ वर्षदेखि बेलायतले नेपालीहरुलाई भर्ती गरेर लगेर ९ नोभेम्वर१९४७मा जुन त्रिपक्षीय सन्धी गरिएको थियो, त्यो सन्धीमा गोर्खाहरुले पाउने तलब सुविधा र बेलायती सेनाहरुले पाउने तलब सुविधा समान हुनुपर्छ भनेर हस्ताक्षर गरिएको थियो । तर, त्यो हस्ताक्षरमै सीमित रह्यो, कार्यान्वयन भएन । २ सय ७ वर्षसम्म गोर्खालीहरु विभेदमा परे र त्यसै कारणले गर्दाखेरी नै आन्दोलन शुरु गरेको ३४ वर्ष लागिसक्यो, सुनुवाई भएन । नेपालमा ३–३, ९–९ महिनामा सरकार परिवर्तन हुने, हरेक सरकारलाई हामीले ज्ञापन पत्र बुझाउने, अल्टिमेटम दिने ग¥यौं । कुनै पनि सरकारले गर्दिनँ भनेनन्, तर गरेनन् । नेपाल सरकारले अभिभावकत्व निर्वाह गरेन । यहाँ आमरण अनसन बस्दा सुनुवाई होलाजस्तो लागेन । मानवता, मानवअधिकार नभएको देश भयो, नेपाल । त्यसकारण बेलायतका प्रधानमन्त्रीको कार्यालयअगाडि लगभग एक महिना हाम्रा साथीहरु अनसन बसेर बेलायत सरकारलाई भूतपूर्व गोर्खाहरुको पक्षमा झुकाउन हामी सफल पनि भयौं ।

तपाईं राजनीति पनि गर्नुहुन्छ, नेपालको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
बुझ्नेलाई त सबैभन्दा श्रेष्ठ नीति भनेकै राजनीति हो । तर, फोहोरी मान्छेको हातमा प¥यो भने राजनीति फोहोरी हुन्छ । जस्तो मान्छेको हातमा प¥यो राजनीति त्यस्तै हुन्छ । नेपाली राजनीति सही व्यक्तिको हातमा गएन । त्यसकारण राजनीतिलाई सही ट्रयाकमा ल्याउनको लागि नेपाल समाजवादी कांग्रेसको उदय भएको भन्ठान्नुस् ।

राजसंस्था, हिन्दू अधिराज्यलगायतका एजेण्डा बोकेर नेपाल समाजवादी कांग्रेस स्थापना भएको हो ?
हो, हाम्रा ६ वटा एजेण्डाहरु छन् । हिन्दू राष्ट्र हुनुप¥यो, संघीयता हामीलाई चाहिएन, धर्म निरपेक्षता पनि हामीलाई चाहिएन, राष्ट्रको एकताको प्रतिकको रुपमा राजसंस्था चाहिन्छ भन्ने हाम्रो एजेण्डाहो । हामी राजावादी पनि होइनौं । राजतन्त्रवादी पनि होइनौं । तर, एउटा एकताको प्रतिकको रुपमा राजसंस्था चाहिन्छ भन्ने हाम्रो मान्यता हो । संवैधानिक प्रजातन्त्र हाम्रो मुद्दा हो ।

यी एजेण्डा स्थापित गर्न आन्दोलन पनि गर्दै हुनुहुन्छ, तपाईंहरु ?
हामीले गत असारको १५ गतेबाट सडकमा राष्ट्रिय आन्दोलन २०७८शुरु ग¥यौं । एजेण्डा स्थापित गराउने सवालमा हामी पछि नहटीकन अगाडि बढिरहेका छौं र बढ्छौं पनि । निर्णायक आन्दोलनको हामी तयारीमा छौं ।

निर्णायक आन्दोलनका लागि त तपाईंहरुसँग मत मिल्ने पार्टीहरुका बीचमा एकता जरुरी छ नि ?
उहाँहरु हाम्रो मुद्दामा आउनुहुन्छ भने स्वागत छ । हामी जतिबेला पनि स्वागत गर्छौं । खूल्ला छ, हाम्रो पार्टी । कुरा यति नै हो हाम्रो मुद्दामा उहाँहरु समाहित हुनुपर्छ । हामी उहाँहरुको मुद्दामा जाँदैनौं ।

नेपालको राजनीति सही ट्रयाकमा हिंड्नलाई चालु व्यवस्था र संविधान खारेज हुन जरुरी छ, त्यो गर्न सकिन्छ, जनताको बलिदानबाट ल्याएको होइन ?
जनताले स्वेच्छाले बलिदान दिएका भए त्यो सम्भव थिएन । जनताले स्वेच्छाले बलिदान दिएर वर्तमान व्यवस्था र संविधान जारी भएको होइन । बलिदान गराइएका हुन्, जनता । त्यसकारण वर्तमान व्यवस्था र संविधानको खारेजी सम्भव छ । २०६२÷०६३ को परिवर्तन नेपाली जनताको चाहना थिएन ।

अन्त्यमा महिला उत्थानको सवालमा नेपाली कांग्रेस समाजवादीको योजना के छ ?
महिला र पुरुषको बराबर हक हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो । दुवैले बराबर मौका पाउनुपर्छ । प्रतिष्पर्धा गर्न पाउनुुपर्छ । राजनीतिमा आरक्षण लागू हुनुहुँदैन । महिलाहरु सक्षम छन् । खुल्ला प्रतिष्पर्धामा आउन सक्छन् । २१ औं शताब्दीमा पनि महिलाहरुलाई यति प्रतिशत र उति प्रतिशत आरक्षण भन्ने होइन कि बराबर हुनुपर्छ । हाम्रो पार्टीले त्यो नीति अवलम्बन गरेको छ । जातीय वादको पनि हामी विरोध गर्छौं । त्यो संविधानबाट हटाउनुपर्छ । जति पनि विखण्डन ल्याउने कुराहरु छन्, ती संविधानबाट हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय