काठमाडौं । प्रहरीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई पक्राउ गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एमसीसीविरुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत ४२ जनालाई पक्राउ गरेको हो ।

मंगलबार पनि एमसीसी सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरिएको थियो ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय