
काठमाडौँ । लिगकप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले टोटनह्याममाथि २–० को जित दर्ता गरेको हो । चेल्सीका लागि पाँचौँ मिनेटमा काइ हाभर्ट्जले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

यस्तै ३४ औँ मिनेटमा टोटनह्यामका डेविन्सन सान्चेजले आत्मघाती गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सीले २–० को जित दर्ता गरेको हो ।
फाइनल प्रवेशका लागि टोटनह्यामलाई हप्ता दिनपछि घरेलु मैदानमा हुने दोस्रो लेगमा शानदार जितको चाहिन्छ।