काठमाडौं । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताको विषयमा छानविन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । यस विषयमा गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा विहीबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।

उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले जानकारी दिएका छन् । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय