सिराहा । प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिराहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङ छन् ।

जिल्ला सिराहाको सिराहा नगरपालिका वडा नम्बर -७ स्थित युवराज डिलक्सनको बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमान्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हाे ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइहेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय