काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भूतपूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आज हेटौंडा पुगेर थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताए ।

विज्ञप्तिमार्फत थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

पार्टीबाट अलग भए पनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको उहाँले विज्ञप्तिमा प्रष्ट पारे । थापा केही महिना पहिले सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

आफू पराजित हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको हात रहेको आरोप उनको थियो । यसै बिषयलाई लिएर आफ्नै पार्टीका अध्यक्ष लिङ्देनसँग उनको मनमुटाव बढेको थियो । तर पछिल्लो समय थापा र लिङ्देनबीच कुराकानी भएको भएपनि समस्याको समाधान निस्कन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय