चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशहरूलाई “शीतयुद्धको मानसिकता“ बाट टाढा रहन आव्हान गरेका छन् । वल्र्ड इकोनोमिक फोरमको बैठकमा उनले चेतावनी दिदैै इतिहासले बारम्बार देखाएको छ कि टकरावले विनाशकारी नतिजा निम्त्याएको छ । कोरोना महामारीका कारण वल्र्ड इकोनिामिक फोरमको बैठक भर्चुअल रुपमा बसिरहेको छ । उनले भिडन्त समस्याको हल नभएको इतिहासले देखाएको बताएका छन् । कोरोना महामारीविरुद्ध लड्नका लागि साझा प्रयासको आवश्यकता समेतऔल्याए ।

उनको टिप्पणी ताइवानलाई लिएर चीन र अमेरिका बीचको तनाव र युक्रेनमा सम्भावित रूसी घुसपैठलाई लिएर त्रास बढेको बेला आएको हो । चीन र अमेरिकाबिच राजनीतिक र व्यवसायीक तनाव चलिरहेको समय उनको यो अभिव्यक्तीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सीले भनेः “हामीले शीतयुद्धको मानसिकता त्याग्नुपर्छ र शान्तिपूर्ण सह–अस्तित्व खोज्नुपर्छ ।’ चीनले सबैलाई साथमा लिएर अगाडि बढ्ने नीति लिएको बताएका छन् ।
“आज हाम्रो संसार शान्ती भन्दा टाढा छ । घृणा र पूर्वाग्रह जगाउने भाषणहरू प्रशस्त भएका छन् । त्यसबाट उत्पन्न हुने नियन्त्रण, दमन वा टकरावका कार्यहरूले विश्व शान्ति र सुरक्षाको लागि राम्रो गर्दैन यसले हानी नै गर्छ, ’ उनले सो भर्चुअल बैठकमा भनेका छन् ।
टकराबको अवस्थाले विनाशकारी परिणामहरु मात्र निम्त्याएको इतिहासले बारम्बार प्रमाणित गरेको स्मरण गराए ।‘ संरक्षणवाद र एकपक्षीयताले कसैलाई जोगाउन सक्दैन ।’

सीले मानवताको लागि अगाडि बढ्ने सही बाटो भनेको शान्तिपूर्ण विकास र सहयोग भएको बताएका छन् । ताइवानमा बेइजिङ र वाशिंगटनको तनावपूर्ण सम्बन्ध यस वर्ष एसियाका लागि उच्च जोखिमको रूपमा पहिचान गरिएको छ ।
अर्थशास्त्री स्टीफन रोचले गत वर्ष जुलाईमा सीएनबीसीलाई अमेरिका र चीनबीचको तनाव सन् १९७० को दशकको सुरुभन्दा माथिल्लो स्तरमा पुग्न सक्ने चेतावनी दिएका थिए ।

चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । ताइवानका नेताहरूले भने यसको विपरीत, सार्वभौम राज्य रहेको बताइरहेका छन् ।
विश्व आर्थिक मञ्चको भर्चुअल कार्यक्रममा सीको विशेष सम्बोधनले कोरोनाभाइरस महामारीलाई संयुक्त रूपमा परास्त गर्न अन्तर्राष्ट्रिय सहयोगलाई अँगाल्ने आह्वान गरेको छ । बेइजिङ शीतकालीन ओलम्पिकको ’boutमा समेत आश्वस्त पार्ने बोली उनले बोलेका छन् । सीले “शून्य–कोविड“ नीति लागू गर्दै “सुव्यवस्थित, सुरक्षित र भव्य“ खेलहरूप्रति विश्वस्त रहेका दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय