काठमाडाैं । सरकारले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद् बैठकले एआइजीकाे दरबन्दी थप गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

थप भएको दरबन्दीमा बढुवाका लागि प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धामा छन्।

उनीहरूमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन्। सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआइजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन्। उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआइजी बनिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय