काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दशकमा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पु¥याएको टिप्पणी गर्नुभएको छ ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै पूर्वराजा शाहले यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने समीक्षा गर्न तयार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभएको हो ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको भन्दै उनले यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको टिप्पणी समेत गर्नुभएको छ ।

’अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ’, विचारणीय प्रश्न छ, ’उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।’

जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धती र विधि विधानमा लाग्न सबै ध्यान जाओस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय