काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पेश गरिएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताको विपक्षमा उभिने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत विवाद र विरोधका बीच संसद्‌मा टेबुल भएको एमसीसीको विपक्षमा उभिने उनले बताएका हुन् ।

उनले भनेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’

अध्यक्ष प्रचण्डले संसद्मा एमसीसीले प्रवेश पाउनुहुन्न भन्दै विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । विरोधमा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना उनले गरेका छन् ।

‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय