काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ ।

बैंकको २० औं वार्षिक साधारणसभा पुस २५ मा तोकिएकोमा गणपुरक संख्या नपुगी स्थगित भइ पुन: मिति तोकिएको सभा छलफलको टुङ्गो नलागेसम्म नगराउनु उच्च अदालत पाटनले आदेश दिएर स्थगित भएको थियो ।

तर फेरी अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनेपछि बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकले फाल्गुन १३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय