काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता रोक्न माग गर्दै दिएका दुई वटा रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।

मंगलबार सर्वोच्च अदातल प्रशासनले एमसीसी रोक्न माग गर्दै आएका दुई वटा रिट दरपीठ गरेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। संसद्‌मा प्रवेश गरिसकेको विषय भएकाले सर्वोच्च अदालतमा सुनुवाइ गर्न आवश्यक नभएको भन्दै सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपाल छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। उनीहरू एमसीसी सम्झौता पारित गर्न नहुने भन्दै परमादेशको माग गरी सर्वोच्च गएका थिए। एमसीसी सम्झौता ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय