काठमाडौ । नेपाली सेनाको रिक्त रथीमा सरकारले वरीयताका आधारमा बालकृष्ण कार्कीलाई नियुक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको पदोन्नतिसँगै सेनामा रिक्त रहेको रथी पदमा कार्की नियुक्त भएका हुन् । कार्कीले बिहीबार प्रधानसेनापति शर्माबाट दज्र्यानी चिह्न लगाएका छन् ।

सेनामा दुई रथीको दरबन्दी छ । कार्की दोस्रो वरीयताका रथी हुन् । पहिलो वरीयताका रथी ईश्वर हमाल सिरियाको गोलान हाइट्सस्थित संयुक्त राष्ट्रसंघीय मिसनका फोर्स कमान्डरका रूपमा कार्यरत छन् ।

हमालले २६ भदौमा अवकाश पाउँदै छन् । अहिले कार्कीलाई बलाध्यक्ष कार्यालयको जिम्मा दिइएको छ । हमालको अवकाशपछि उनी बलाधिकृत रथी हुनेछन् । सेनाको अपरेसनसँग सम्बन्धित सबै काम बलाधिकृत रथीले हेर्दै आएकाले उक्त पद महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय