काठमाडौं । आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आइपीओ निष्कासन तथा विक्री खुल्ला गरेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेययरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।

सर्वसाधारणले भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ।

कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ। आवेदकले मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। आइपीओ निष्काशनका लागि क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आइआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। हाल कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय