शंकरप्रसाद चौलागाई
कुन्नि कता गयाै तिमी आफ्नाे काेट छाेडेर ।
मेरै दिलमा भर्खरै प्रेमकाे बाेट छाेडेर ।।
आखिर के नै दिन सक्थ्याै र तिमी ।
गयाै मलम लिई , मसँगै बल्झिएकाे चाेट छाेडेर ।।
बस्थ्याैँ एकै ठाँउमा हामी प्रेमका गाई बनेर ।
आज हरायाै कता मेराे प्रेमकाे गाेठ छाेडेर ।।
हाे, प्रेममा श्रुङ्गार म लालिले नै गर्छु भन्थ्याै क्यारे !
छाै कहाँ आज तस्बिरमै सिमीत फिक्का ओठ छाेडेर ।।
के गरुँ म, बिन्ति छ मलाई अन्तिम पटक भेट गर है !
बरु बेलुकै जाउलि , तिम्रा याद जलाउने चुराेट छाेडेर ।।


