काठमाडौँ । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन्।

भद्रकालीस्थित जंगीअड्डामा बुधबार ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई आग्रह गरेका हुन्।

जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै परिस्थिति आए पनि जिम्मेवारी निर्वाह गर्न सेना तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। ‘सरकारका आदेश सेनाले पालना गर्छ,’ शर्माले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय