काठमाडौं । न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

बुधबार कामु धानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस भएको छ भने न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारुको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय