काठमाडौँ । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाताअन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
यस बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमलीपन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।

बीमाको रकम श्रीमती ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरे ।
सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. ५० हजार सम्मको औषधी उपचार बीमा, रु.१० हजार बराबरको ओपिडि सेवा र रु. ५हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

