भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रचण्ड डराएका कारण एमसीसी पास भएको बताएका छन् । एमसीसी पास हुनु देशका लागि विडम्बना भएको र गलत काम समेत भएको अध्यक्ष बिजुक्छेंले बताए
भक्तपुरको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्दै उनले भने, ‘प्रचण्डमा एउटा त्रास छ । जनयुद्धको नाउँमा धेरै हत्या हिंसा गरेको हुनाले अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने डरका कारण एमसीसी पास गर्न सघाएको हो ।’

सो क्रममा उनले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास गर्नु भएको चर्चा गर्दै सार्वजनिक र साँस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापरबाही भएको पनि उल्लेख गरे ।

