नेपालगञ्ज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् । जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो। माघ १९ गते नेपालगञ्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती शिक्षिकाले आरोप लगाएकी थिइन्। माघ २७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दर्ता भएको थियो।

फागुन २ गते सांसद बानियाँलाई पक्राउ गर्न पक्राउ पूर्जी आएको थियो। फागुन १६ गते प्रहरीले उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

