काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ ।ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।

पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको यस्तो टिप्पणी ‘अस्विकार्य’ तथा ‘अक्षम्य’ रहेको प्रतिक्रिया रुसले दिएको छ ।

अमेरिकी बमबाट विश्वका कुनाकुनामा लाखौं नागरिक मारिएको प्रसँग उठाउँदै क्रेमलिनले पुटिनलाई युद्ध अपराधनी भन्नु हास्यास्पद भएको टिप्प्णी गरेको हो । उता, युक्रेनमा भने आज २२ औं दिन पनि रुसी सैन्य हमला जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय