भक्तपुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ र ७ तथा साबिकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गर्नु भयो ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय