काठमाडौं । काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ घर भई टोखा नगरपालिका-१ भत्केको पुल बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार विश्वकर्मालाई शुक्रबार टोखाबाट पक्राउ गरेको हो । विश्वकर्माले एक पीडितलाई मेगा बैंक लिमिटेडको पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए । प्रहरी उपरीक्षक महतोले उक्त चेक बाउन्स भएपछि विश्वकर्मालाई पक्राउ गरेको बताए ।

उनका अनुसार उच्च अदालत पाटनले विश्वकर्मालाई फागुन १० गते बैंकिङ कसुरमा २० लाख जरिवाना र पाँच दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि विश्वकर्मा फरार थिए । प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालत पेस गरेको जनाएको छ ।

