काठमाडौँ । शेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्याबारिधि गरेका छन् । उनले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिए । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका छन् । उनले यसअघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ बर्षको अनुभव हासिल गरेका छन् ।

तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्याबारिधिको सोधपत्र तयार गरेका हुन् । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एम. देवराज थिए । बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीब्र बृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद्याबारिधिका लागि उक्त विषय छनौट गरेको तिवारीले बताए ।

तिवारीको सोधमा मौद्रिक नीति आएपछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरु भएको उल्लेख छ । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधिअन्तरगत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ । लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको छ । र, यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

वाणिज्य बैंकहरुको तरलता जहिले पनि बचतभन्दा बढी भएको देखिन्छ । त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटवढले ऋण प्रवाहको बृद्धिमा असर नपार्ने सोधबाट देखिएको छ । यसै गरी कृषि उत्पादत्वको मूल्य बृद्धि अनुपात भने घटाउन सघाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय