काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साबिक वराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव द्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल, निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन सचिव दीपक थापा मगरले सामुदायिक वनका उपभोक्ताहरूबाट रसिद काटेर रु दुई लाख ९३ हजार ३०० लिई कोषमा दाखिला नगरेको तथा तत्कालीन सचिव जनक थापाले पनि त्यसैगरी रु ७० हजार कोषमा दाखिला नगरी बदनियत पूर्ण ढङ्गले रकम हिनामिना गरेकाले निजहरूविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगरप्रमुख पटेल र निजका सहयोगी अशोकले सेवाग्राहीबाट घुसबापत रु दुई लाख ५० हजार लिएको अवस्थामा गत फागुन १५ गते आयोगको टोलीले पक्राउ गरेको जनाउँदै उनीहरूविरुद्ध पनि आजै उक्त अदालतमा मुद्दा दायर गरिएको आयोगले बताएको छ । पटेल द्वयबाट रु पाँच लाख भराउन र थापामगरबाट रु दुई लाख ९३ हजार ३०० र थापाबाट रु ७० हजार ८५ असुल उपरको माग दाबी लिएर आरोपपत्र दायर गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय