काठमाडौं । डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।


