जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन् । मंगलबार बिहान जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने र मन्त्रिपरिषद् पुनर्गठनबारे गठबन्धनमा छलफल भएको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् ।’ माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी उनको छ ।

चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको उनले दावी गरे । ‘माओवादी केन्द्रले चुनाव नजित्ने भएकाले गठबन्धन गरेको पनि होइन । हामी आफ्नै खुट्टामा उभिएर , आफ्नै तागतमा चुनाव लड्न सक्षम छौँ’ प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षाको उद्देश्यले बनाएको हो, चुनावका लागि बनाएको पनि होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय