काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) को महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पुसमा तत्कालीन महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिएपछि मन्त्रालयले माघ १० गते खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।

संस्थानको प्रशासन विभाग प्रमुखमा बहाल भएकै बेला झा महाप्रबन्धक नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय