चीफसाब, भनिन्छ बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन । यस गौरवान्वित र पवित्र संस्थामा यो बुढापाकाको भनाईलाई मेल खाँदा आज ज्यादै दुःख अनि निराशा लागेको छ ।
आज यस संस्थामा रगत र पसिना बगाएर संस्था र राष्ट्रको रक्षाको लागि २४ वर्ष व्यतित गर्दाको अनुभवमा यस संस्थामा कुनै व्यक्ति पीडित भएको उदाहरण दिँदै गर्दा हजारौं सैनिकहरुको नेतृत्व तहमा रहनु हुने जर्साब र चीफसाबको थोरै ध्यान नपुग्दा पीडितहरु आफूलाई अभागी महसुस गर्न विवश र बाध्य छन् ।

आज जागिर २४आंै वर्षमा लम्किँदै गर्दाको अवधिसम्म पनि शान्ति सेनामा तेस्रो पटक भाग लिनबाट ठगिन विवश छन् ।
चीफसाब, के नेपाली सेनाको सबै सैनिक बराबर होइनन् र ? हो भने किन कैसैलाई काखा र कसैलाई पाखा गरिन्छ । एउटै सैनिकलाई पनि गर्ने नियम र व्यवहार पनि यति धेरै अन्तर । यस्तो नियम, कानून र विकृतिहरुलाई के यस संस्थामा नेतृत्वमा रहनु भएको विभागीय प्रमुख र संस्थाका प्रमुखहरुलाई सोच्ने र छानविन गर्ने फुर्सद नभएर हो वा इच्छामा कमी भएर हो र ?
सबैलाई आफ्नो कर्तव्य कठिन लाग्नु स्वभाविक पनि हो । हामी सेनामा भएको नताले कयौं रातहरु पानीको भरमा सडकमा बिताएका अनुभव प्रशस्तै छन् । हामी सबैको उद्देश्य यस गौरवान्ति र पवित्र संस्थालाई आ–आफ्नो क्षेत्रबाट आफ्नो योग्यता र क्षमताको योगदान दिनु नै हो ।
त्यसैले आज हाम्रा मनमा उकुसमुकुस भएर छछल्केका अनुभवहरुलाई नेतृत्वमा रहनुभएका जर्साब, चीफसाबसम्म पु¥याउने प्रयास गरेका छौं । गल्ती भए क्षमा चाहन्छौं ।
नेपाली सेनाको भलो चाहने

