काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका छन् । मंगलबार भएको संसदीय सुनुवाइपछि सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठलाई समितिले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिमा न्यायाधीशमा सिफारिस श्रेष्ठले आफ्ना कार्ययोजना र विगतमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले न्यायालयप्रति जनताको आस्था र विश्वास बढाउने काम गर्नुपर्ने धारणा राखेका थिए ।न्यायाधीश श्रेष्ठले न्यायालय अहिले कै गतिमा बिग्रँदै जाने हो भने जनताले अदालतमा ढुंगा हान्ने दिन आउने बताएका छन् । न्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइको क्रममा अगामी दिनमा पनि न्यायालय हाल कै गतिमा बढे जनताले अदालतमा ढुंगा हान्ने दावी गरेका हुन् ।

श्रेष्ठले भने, ‘न्यायालय यही गतिमा बिग्रँदै जाने हो भने जनताले अदालतमा ढुंगा हान्छन् । धन्न हाम्रो सर्वोच्च अदालतमा जनताले ढुंगा हानेका छैनन् हानेको दिन के हुन्छ?’ उनले सर्वोच्च अदालतमा हाल पेशीका लागि कायम गरिएको गोलाप्रथा प्रणाली उपयुक्त नरहेको बताए । श्रेष्ठले भने, ‘गोला लागु गर्दै जाने हो भने केही वर्षमै उच्च र जिल्ला अदालतको हालत पनि सर्वोच्चको जस्तै हुन्छ । निश्चय नै गोलाप्रथापछि तत्कालका लागि सेटिङ कम भएको छ तर यो अन्तिम समाधान होइन । केही वर्षमै यो प्रथा हटाउनु परो भनेर वकिल र सेवाग्राही नै आउँछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय