कास्की । पोखरामा चैत अन्तिम साता २० औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

चैत २३ देखि सुरु हुने प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ ल्यान्डिङ ओभरअल, महिलातर्फ ल्यान्डिङ टिम ल्यान्डिङ, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

