काठमाडाैं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा २०७८ चैत २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म संचालन हुन गईरहेको “सफा हिमाल अभियान २०२२” को २०७८ चैत २२ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्‍डामा आयोजित एक विशेष समारोहका बीच Flag off Ceremony सम्पन्न भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा Campaign Leader बाट समग्र अभियान संचालन सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण सहित शुरु भएको उक्त कार्यक्रममा प्रधान सेनापति महारथी शर्माबाट Campaign Leader हरुलाई “Mountain Clean-up Campaign-2022” को Banner हस्तान्तरण गर्दै “सफा हिमाल अभियान २०२२” को औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरु (ल्होत्से, कञ्‍चनजंघा र मनास्लु) को सफाई गर्ने उद्देश्य अनुरुप “AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्‍ने मूल नाराका साथ उक्त अभियान संचालन गर्न लागिएको हो ।

प्रधान सेनापति महारथी शर्माद्बारा शुभकामना मन्तव्यका साथै वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव र पर्यटन विभागका महानिर्देशकले मन्तव्य राखिएको उक्त समारोहमा राष्ट्रिय सभाका सांसद, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथीवृन्द, विभिन्न गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, पर्वतारोहण र सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, सफा हिमाल अभियान २०२२ का साझेदार संघसंस्थाहरुका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय