काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन गठन गरेको छ ।
चैत २६ र २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । महासचिव बेदुराम भूसालसहितका नेताहरु रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरेको छ ।

बैठकले निर्वाचन घोषणापत्रको मस्यौदालाई पारित गरेको छ ।

