काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ४ वर्ष सेवा अवधि पूरा गरी सोमबार अवकाश पाएका छन् । सशस्त्रमा चार वर्ष नेतृत्वको अवसर पाउने उनी पहिलो महानिरीक्षक हुन् ।

एआइजी पुष्पराम केसीलाई नेतृत्व सुम्पेर उनी बिदा भएका छन् । उनको बिदाईमा सोमबार अपरान्ह सशस्त्र प्रहरी मुख्यालयमा सामान्य कार्यक्रम गरिएको थियो । सरकारले नयाँ आइजिपी नतोक्दा एआइजीलाई नै नेतृत्व सुम्पेर उनी बिदा भएका हुन् ।

मन्त्रिपरिषद् बैठक समयमै बस्न नसक्दा सशस्त्रमा नेतृत्व परिवर्तनको बेला समस्या भएको हो । अत्याधिक चलखेलका कारण समयमै सरकारले सशस्त्रको नेतृत्व छान्न नसकेको हो । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडलको दाबी छ । दुवैजना खनालकै ब्याचमेट हुन् । ३० वर्षे सेवा अवधिका कारण २०७९ साल १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय