काठमाडौं । नेपाल प्रहरीका चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
एक नम्बरमा सिफारिस भएका उपाध्याय प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोको उपप्रमुखका रुपमा रहेका छन्। दोस्रो नम्बरमा सिफारिस भएका आचार्य प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा रहेका छन्।

त्यस्तै तेस्रो नम्बरका चौधरी प्रदेश १ प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा छन् भने चौथो नम्बरका खाँ नेपाल प्रहरी युक्ति तालिम महाधविद्यालय जर्गाहमा रहेका छन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसिहत)को नियम २७ को उप-नियम (४) अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

