काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजान र जिम्मेवार हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबारको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सभापति देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई मिलाएर लैजानु नै कांग्रेसको पहिलो जिम्मेवारी भएको बताए ।
उनले भने, कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ ।’ निर्वाचनमा उम्मेदवारीको टुंगो लगाउन बसको बैठक कुनै निर्णय नै नगरी स्थगित भएको छ। सो बैठक फेरि भोली बस्ने कांग्रेसले जनाएको छ । यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउँदले जिल्ला–जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको बताए ।


