काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आफ्नो निलम्बनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् । सरकारले उनीमाथि सूचना चुहाएको लगायतका आरोपमा अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सोसँगै उनी निलम्बनमा परेका थिए । छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले गभर्नरलाई बर्खास्त गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय