काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् । बैंकिङ कसुरको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बिहीबार चन्द्रागिरीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनीविरुद्ध ६८ लाख रुपैयाँको चेक वाउन्सको जाहेरी परेको मैनालीले बताए । थप जाहेरी समेत आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।


