काठमाडौँ । औलो रोग (मलेरिया) का बिरामी स्थानीयभन्दा आयातीत बढी भएको तथ्याङ्कले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले विश्व मलेरिया दिवसको अवसर पारेर सार्वजनिक गरेको तथ्याङ्कमा स्थानीयभन्दा आयातीत औलोका बिरामीहरु बढी देखिएका हुन ।

हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । “औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔं भन्ने मूल नाराका साथ” साथ यो वर्ष पनि सोमबार औलो दिवस मनाउँदैछ ।

प्राप्त तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७८-७९ को बैशाखसम्म ३३६ जना औलोका बिरामी थपिएका छन्, जसमध्ये २८ जना स्थानीय र ३०८ जना आयातीत छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७७-७८ को तथ्याङ्क अनुसार ३७७ जना औंलोका बिरामी देखिएकोमा ३११ जना बिरामी आयातीत छन् भने ६६ जना स्थानीय छन् । बिरामीमध्ये प्लाज्मोडियम फाल्सिपारम ५१ र प्याज्मोडियम भाइभेक्स ३२६ जना रहेका थिए ।

नेपाल भारत सीमा खुला भएकाले भारतबाट आएका औलोका आयातीत बिरामीहरु बढी भेटिएको इडिसिडीका निर्देशक डा चुमनलाल दास बताउनुहुन्छ । कर्णाली प्रदेशको मुगु र सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा बढी औलोका बिरामी भेटिएको निर्देशक दासले जानकारी दिनुभयो ।

नेपाल भारत खुला सिमाना, विचमा रक्त परीक्षण गर्ने प्रावधान नभएको कारणले नेपालबाट कामको सिलसिलामा गएका नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोगसहित आउने र घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाइबाट सरेकाले आयातीत बढी मात्रामा देखिएको हो
निर्देशक डा. दास भन्नुभयो, “सुरुमा नेपालका तराईका जिल्लामा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत बढ्दै गएको छ । जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा लामखुट्टेहरु देखिन थालेको हुँदा औलो जता पनि देखिन सक्ने सम्भावना देखिन्छ । नेपाल भारत खुला सिमाना, विचमा रक्त परीक्षण गर्ने प्रावधान नभएको कारणले नेपालबाट कामको सिलसिलामा गएका नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोगसहित आउने र घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाइबाट सरेकाले आयातीत बढी मात्रामा देखिएको हो

ईडिसिडिका अनुसार, उच्च जोखिम भएका जिल्ला १४ वटा छन् । त्यस्तैगरी, नेपालमा दुई ५५१ वटा वडाका एक करोड १९ लाख दुई हजार ६५९ जना मानिस औलो रोगका जोखिममा रहेको ईडिसिडिको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय