काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ । बैशाख १५ गते देखि जेठ ८ गतेसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो ।

फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनका फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेले अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताए ।

उनले व्यापार प्रवद्धन व्यापार मेलाले उद्योगी व्यवसायीहरुलाइ थोरै भएपनि राहत मिल्ने आशा रहेको बताए । त्यस्तै, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले पछिल्लो समय जुत्ता चप्पल उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगिरहेकाले आर्थिक रुपमा चलायमान बनाउनको लागि मेला आयोजना गरिएको बताए ।

उनले राज्य र उपभोत्ताको चुनावी माहोलमा ध्यान मेलामा होस भनेर व्यापार मेला गर्न लागिएको पनि बताए । उनले भने, ‘कोभिडका कारणले लाथालिङग तरिकाले थलिएको अर्थतन्त्रका कारणले आम उपभोक्ताहरुसँग आफूले चाहेको जस्तो जुत्ता चप्पल वा विभिन्न वस्तु किन्न पैसा नभएको अवस्था युक्रेन र रुसको युद्धको कारण जुत्ता चपपल बनाउने कच्चा पदार्थ ल्याउन समस्याको कारण विश्वव्यापी रुपा ४० प्रतिशतसम्म मँहगी बढी रहेको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय