
काठमाडौं । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई अपिल गरेको छ ।
स्थानीय तह निर्वाचनको संघारमा विभिन्न उम्मेदवार लक्षित त्यस्ता सामाग्री सम्प्रेषण भएका गुनासा, उजुरीहरु आइरहेको भन्दै शुक्रबार काउन्सिलले यस्तो अपिल जारी गरेको हो ।

‘दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउनुहुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ’ अपीलमा भनिएको छ ।